Aafno Khabar
स्थानीय

झापामा उपमेयर सवार गाडी जलाउने प्रयास

झापा । मेचिनगर नगरपालिका उपमेयर मीना उप्रेती पोखरेल सवार गाडी जलाउने प्रयास भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी जलाउने प्रयास गरेको हो । चारआलीस्थित एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...

११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार

म्याग्दी । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको...

अत्याधिक चिसोका कारण हुम्लाका धारामा बरफ जम्न थाल्यो

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा...

वडा अध्यक्षले जम्मा गरे चाडपर्व शिर्षकको रकम कोरोना कोषमा

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले चाडपर्व खर्च शिर्षकको रकम कोरोना कोषमा जम्मा गर्नुभएको छ । पौडेलले नगरपालिकालाई पत्र लेखेर चाडपर्व खर्च शिर्षकको रकम फिर्ता गरी कुश्मा नगरपालिकाको कोरोना कोषमा जम्मा गर्न अनुरोध...

उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५...

विश्व दृष्टि दिवसका अवसरमा लियो क्लबको निःशुल्क आँखा शिविर

काठमाडौं । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जनाको आँखा परीक्षण...

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा परेको हो। सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको...

बाजुरामा एकै परिवारका ५ जना कवाडी खोलामा बेपत्ता

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

बारा । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । सिन्धुलीबाट धनगढी जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा...

कोरोनाले सिंहदरबारमा दुई-चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन:मेयर श्रेष्ठ

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनुभएको छ । ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा–देख्दै शुन्यबाट यहाँ पुगेको हो, यसमा...