Aafno Khabar
suvakamana add

बाजुरामा एकै परिवारका ५ जना कवाडी खोलामा बेपत्ता

  • आफ्नो खबर
  • २०७७ आश्विन १६ गते प्रकाशित

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।

हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सत्तासँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएका हुन । घटनास्थलबाट नजिक पर्ने प्रहरी चौकी बिछियामा उनीहरु नुहाउने क्रममा दिउँसो पौने ३ बजे बगेर बेपत्ता भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलमा गएको छ ।