Aafno Khabar

ब्राजिलसँग भारत ४-० ले पराजित

  • आफ्नो खबर
  • October 4, 2026 प्रकाशित

पाँच पटकको विश्वकप विजेता ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई ४-० गोलले पराजित गरेको छ। कोलकातास्थित युवा भारती रंगशालामा शनिबार भएको खेलमा ब्राजिलले पहिलो पटक भारतसँग प्रतिस्पर्धा गर्दै सहज जित निकालेको हो।

खेलको सुरुआती २७ मिनेटसम्म भारतले प्रभावशाली प्रदर्शन गरेको थियो। भारतीय टोलीले ब्राजिललाई सहज रूपमा खेल्न नदिए पनि त्यसपछि ब्राजिलले खेलमा नियन्त्रण जमाउँदै पहिलो हाफमै दुई गोल गरेको थियो।

ब्राजिलका एस्टेभाओले २८औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। ब्राजिलले ४२औं मिनेटमा अग्रता दोब्बर बनायो। ब्राजिलले ५८औं मिनेटमा तेस्रो गोल थप्यो। खेलको अतिरिक्त समयको चौथो मिनेटमा लिनोले व्यक्तिगत दोस्रो तथा ब्राजिलका लागि चौथो गोल गरे।