Aafno Khabar
suvakamana add

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७७ आश्विन २१ गते प्रकाशित

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा परेको हो।

सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण आएको छैन ।