Aafno Khabar

उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७७ कार्तिक २ गते प्रकाशित

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।

दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको कटारीमा उपचार भइरहेको छ ।