Aafno Khabar
suvakamana add

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७७ आश्विन ११ गते प्रकाशित

बारा । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट धनगढी जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका–१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो ।

घटनामा निजगढ नगरपालिका–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–१० का स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र दश महिने छोरा आहान स्याङ्गतानको रहेको प्रहरीले बताएको छ । ठक्कर दिने बसका चालक फरार छन् ।