Aafno Khabar

झापामा उपमेयर सवार गाडी जलाउने प्रयास

  • आफ्नो खबर
  • २०७७ मंसिर १८ गते प्रकाशित

झापा । मेचिनगर नगरपालिका उपमेयर मीना उप्रेती पोखरेल सवार गाडी जलाउने प्रयास भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी जलाउने प्रयास गरेको हो ।

चारआलीस्थित एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई गाडीभित्रै राखेर गाडी जलाउने प्रयास भएको उपमेयर उप्रेतीले जानकारी दिनुभयो । पूर्व––पश्चिम राजमार्गको धाइजन र चारआलीबीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उहाँले बताउनुभयो ।

उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।