Aafno Khabar

वडा अध्यक्षले जम्मा गरे चाडपर्व शिर्षकको रकम कोरोना कोषमा

  • आफ्नो खबर
  • २०७७ कार्तिक ५ गते प्रकाशित

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले चाडपर्व खर्च शिर्षकको रकम कोरोना कोषमा जम्मा गर्नुभएको छ ।

पौडेलले नगरपालिकालाई पत्र लेखेर चाडपर्व खर्च शिर्षकको रकम फिर्ता गरी कुश्मा नगरपालिकाको कोरोना कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको हो ।

कुश्मा नगरपालिकाले वडा अध्यक्षलाई चाडपर्व खर्च शीर्षकमा २५ हजार रकम उपलब्ध गराएको थियो । वडा अध्यक्ष पौडेलले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएर उक्त रकम कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको हो ।