Aafno Khabar
स्थानीय

उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५...

विश्व दृष्टि दिवसका अवसरमा लियो क्लबको निःशुल्क आँखा शिविर

काठमाडौं । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जनाको आँखा परीक्षण...

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा परेको हो। सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको...

बाजुरामा एकै परिवारका ५ जना कवाडी खोलामा बेपत्ता

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

बारा । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । सिन्धुलीबाट धनगढी जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा...

कोरोनाले सिंहदरबारमा दुई-चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन:मेयर श्रेष्ठ

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनुभएको छ । ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा–देख्दै शुन्यबाट यहाँ पुगेको हो, यसमा...

अझै खुलेन पाल्पा-बुटवल सडक

पाल्पा । पहिरोका कारण पाल्पा-बुटवल सडक बिहानैदेखि बन्द रहेको छ ।सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । सडकमा ठूला(ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै...

अपाङ्ग विशेष विद्यालयलाई लायन्स क्लब अफ चन्द्रागिरी मण्डलाको सहयोग

काठमाडौं । लायन्स क्लब अफ चन्द्रागिरी मण्डलाले सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडले पारेको असरका कारण प्रभावित भएका विद्यार्थीलाई सो सहयोग गरिएको हो । सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा २० जना...

पाल्पा पहिरोमा बेपत्ता सबैको शव भेटियो

पाल्पा। पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो भने गयराति थप दुई जनाको शव भेटिएको छ । गयराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा...

महालक्ष्मी नगरपालिकाका प्रमुखलाई दोस्रोपटक कोरोना सङ्क्रमण

काठमाडौं । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमती दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तैगरी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी श्रीमतीलाई कोरोना...