Aafno Khabar
suvakamana add

अझै खुलेन पाल्पा-बुटवल सडक

  • आफ्नो खबर
  • २०७७ आश्विन १० गते प्रकाशित

पाल्पा । पहिरोका कारण पाल्पा-बुटवल सडक बिहानैदेखि बन्द रहेको छ ।सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो ।

सडकमा ठूला(ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै पन्छाउन सकिने भएकाले सडक खुल्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।