Aafno Khabar
suvakamana add

पाल्पा पहिरोमा बेपत्ता सबैको शव भेटियो

  • आफ्नो खबर
  • २०७७ आश्विन १० गते प्रकाशित

पाल्पा। पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो भने गयराति थप दुई जनाको शव भेटिएको छ । गयराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो ।