Aafno Khabar
suvakamana add

अपाङ्ग विशेष विद्यालयलाई लायन्स क्लब अफ चन्द्रागिरी मण्डलाको सहयोग

  • आफ्नो खबर
  • २०७७ आश्विन १० गते प्रकाशित

काठमाडौं । लायन्स क्लब अफ चन्द्रागिरी मण्डलाले सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।

कोभिडले पारेको असरका कारण प्रभावित भएका विद्यार्थीलाई सो सहयोग गरिएको हो । सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा २० जना अपाङ्गता भएका विद्यार्थी रहेका छन् ।

एक कार्यक्रमका बिच गरिएको खाद्यान्न सहयोग कार्यक्रममा पर्यटन, वन, वातावरण समिति प्रदेश ३ की सभापति रमा आले मगर र लायन्स क्लब अफ चन्द्रागिरी मण्डलाका प्रेसिडेन्ट देबेन्द्र प्रधानलगायतको उपस्थिती रहेको थियो ।