Aafno Khabar
खेलकुद

युराेकपमा बेल्जियमको विजयी सुरुवात

काठमाडाैं । युरोकप फुटबलमा बेल्जियमले रुसमाथि ३–० गोल अन्तरकाे जित निकालेकाे छ । शनिबार राति भएकाे समूह चरणकाे पहिलाे खेलमा बेल्जियमले जितकाे सुरुवात गरेकाे हाे । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्न सफल...

…जब मैदानमा ढले एरिक्सन

काठमाडाैं । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएसनले जनाएको छ । क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको राेकिएकाे थियाे...

युरोकप फुटबलमा इटलीकाे उत्कृष्ट सुरुवात, ३–० काे जित

काठमाडाैं । युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुवात गरेको छ । रोमकाे ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीमाथि ३–० काे जित निकालेकाे हाे । इटलीले २ गोल आफैँ गरेको थियो भने एक गोल उपहार पनि पाएको थियो । ५३ औं मिनेटमा टर्कीका...

युरोकप आजदेखि, यस्ताे छ नेपाली समयअनुसार खेल तालिका

काठमाडाैं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण शुक्रबारदेखि सुरु हुनेछ । युराेकपमा इटालीको रोममा पहिलाे खेल टर्की र इटालीबीच हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुनेछ । यस पटक युरोकप युरोपको विभिन्न...

यस्ताे छ काेपा अमेरिका खेल्ने ब्राजिलकाे फुटबल टिम

काठमाडाैं । कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलकाे राष्ट्रिय टिम घोषणा भएकाे छ । ब्राजिलले बिहीबार बिहान २४ सदस्यीय टिम घोषणा गरेको हो । आगामाी शनिबारदेखि सुरु हुने कोपा अमेरिका प्रतियोगितामा साविक विजेता ब्राजिल समूह 'बी' मा रहेकाे छ ।...

एथ्लेटिको मड्रिडले जित्याे ला लिगाकाे उपाधि

काठमाडाैं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएकाे अन्तिम खेलमा रियल भालाडाेलिडमाथि २-१ काे जित निकालेर उपाधि उचालेकाे हाे । एथ्लेटिकाे मड्रिडलाई च्याम्पियन बनाउनका लागि एन्जल काेरिया र लुइस स्वारेजले एक एक गाेल...

मेस्सीबिहीन लालिगाकाे अन्तिम खेलमा बार्सिलाेनाकाे जित

काठमाडाैं । मेस्सीबिहीन खेलमा बार्सिलाेनाले जित निकालेकाे छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको हाे । शनिबार राति भएको खेलमा एइबर १–० ले पराजित भयाे । बार्सिलाेनाका लागि एक गाेल एन्टाेनी ग्रिजम्यानले...

पिएसजीले जित्याे कोपा डि फ्रान्सको उपाधि

काठमाडाैं । काेपा डि फ्रान्सकाे उपाधि पिएसजीले जितेकाे छ । माेनाेकाेमाथि २-० काे जित निकालेर पिएसजीले उपाधि हात पारेकाे हाे । बुधबार भएकाे फाइनल खेलमा पिएसजीका लागि इकार्डी र एमबाप्पेले एक-एक गोल गरे । इकार्डीले १९ औँ मिनेटमा पहिलाे गोल...

काेराेना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीप लामिछानेले अघि बढाए हात

काठमाडाैं । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन् । सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको...

म्यानचेस्टर सिटीकाे जितमा टाेरेसकाे ह्याट्रिक

काठमाडाैं । म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-३ काे जित निकालेकाे छ । सिटीकाे जितमा फेर्रान टोरेसले ह्याट्रिक गरे । टोरेस पेप गार्डीओलाको प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । २१ वर्ष ७५ दिनमा उनले ह्याट्रिक गरे...