Aafno Khabar

यस्तो छ काेपा अमेरिका नेपाली समय अनुसार खेल तालिका

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३० गते १४:५९ प्रकाशित

काठमाडाैं । कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुन लागेकाे छ । ४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो ।

कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण अर्जेन्टिनाबाट याे खेल ब्राजिलमा सारिएको हो । मिनी विश्वकप मानिने युराे कप पनि २ दिन अघि सुरु भइसकेकाे छ ।

काेपा अमेरिकामा पहिलाे खेल घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्नेछ । खेल नेपाली समय अनुसार सोमबार बिहान २:४५ बजे सुरु हुनेछ । उद्घाटन खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा हुनेछ ।

यस्तो छ काेपा अमेरिका नेपाली समय अनुसार खेल तालिका

जुन १४, सोमबारः

ब्राजिल विरुद्ध भेनेजुएला – बिहान २:४५ बजे
कोलोम्बिया विरुद्ध इक्वेडर – बिहान ५:४५ बजे

जुन १५, मंगलबारः

अर्जेन्टिना विरुद्ध चिली – बिहान २:४५ बजे
पराग्वे विरुद्ध बोलिभिया – बिहान ५:४५ बजे

जुन १८, शुक्रबारः

कोलोम्बिया विरुद्ध भेनेजुएला – बिहान २:४५ बजे
ब्राजिल विरुद्ध पेरु – बिहान ५:४५ बजे

जुन १९, शनिबारः

चिली विरुद्ध बोलिभिया – बिहान २:४५ बजे
अर्जेन्टिना विरुद्ध उरुग्वे – बिहान ५:४५ बजे

जुन २१, सोमबारः

भेनेजुएला विरुद्ध इक्वेडर – बिहान २:४५ बजे
कोलोम्बिया विरुद्ध पेरु – बिहान ५:४५ बजे

जुन २२, मंगलबारः

उरुग्वे विरुद्ध चिली – बिहान २:४५ बजे
अर्जेन्टिना विरुद्ध पराग्वे – बिहान ५:४५ बजे

जुन २४, बिहीबारः

इक्वेडर विरुद्ध पेरु – बिहान २:४५ बजे
ब्राजिल विरुद्ध कोलोम्बिया – बिहान ५:४५ बजे

जुन २५, शुक्रबारः

बोलिभिया विरुद्ध उरुग्वे – बिहान २:४५ बजे
चिली विरुद्ध पराग्वे – बिहान ५:४५ बजे

जुन २८, सोमबारः

ब्राजिल विरुद्ध इक्वेडर – बिहान २:४५ बजे
भेनेजुएला विरुद्ध पेरु – बिहान २:४५ बजे

जुन २९, मंगलबारः

उरुग्वे विरुद्ध पाराग्वे – बिहान ५:४५ बजे
बोलिभिया विरुद्ध अर्जेन्टिना – बिहान ५:४५ बजे

त्यसपछि क्वार्टरफाइनलका खेल हुनेछन् । त्यसकाे तालिका हामी पछि अपडेट गर्नेछाैँ ।

याे पनि :  यस्ताे छ नेपाली समयअनुसार यूराेकप खेल तालिका