Aafno Khabar

युराेकपमा इंग्ल्याण्डकाे विजयी सुरुवात, क्रोएसिया पराजित

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३० गते २१:०२ प्रकाशित

काठमाडाैं । इंग्ल्याण्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गरी प्रतियोगितामा जितसहित सुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका थिए ।

क्रोएसियाले पनि केही गोलको अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । उसले युराे कपमा हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।

स्टर्लिङले इंग्ल्यान्डका लागि १७ खेलमा १३ गोल गरेका छन् । कुनै ठूलो प्रतियोगितामा भने उनको यो पहिलो गोल हो । खेलको सुरुदेखि इंग्ल्यान्डले क्रोएसियालाई दबाबमा राखेको थियो । यस क्रममा विश्वकपको उपविजेता टिमले सटिक आक्रमण बुन्न सकेन र हार व्यहाेर्न पर्‍याे ।