Aafno Khabar

…जब मैदानमा ढले एरिक्सन

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३० गते ०७:४२ प्रकाशित

काठमाडाैं । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएसनले जनाएको छ ।

क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको राेकिएकाे थियाे । करिब डेढ घण्टापछि पुन: खेलिएकाे खेलमा डेनमार्क पराजित भयाे । खेलको ५९ औँ मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । पेनाल्टीकाे अवसर पाए पनि डेनमार्कले गाेल गर्न सकेन ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तर्गत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफैँ मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । मैदानमा उपस्थित दर्शक घटनाले स्तब्ध बनेका थिए भने उनका समकक्षीहरु आँशु थाम्न सकिरहेका थिएनन् । मैदान छाड्दै गर्दा उनी हाेसमा आएको तस्बिर कैद भएको छ ।