Aafno Khabar

यस्ताे छ काेपा अमेरिका खेल्ने ब्राजिलकाे फुटबल टिम

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २७ गते १४:५६ प्रकाशित

काठमाडाैं । कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलकाे राष्ट्रिय टिम घोषणा भएकाे छ । ब्राजिलले बिहीबार बिहान २४ सदस्यीय टिम घोषणा गरेको हो ।

आगामाी शनिबारदेखि सुरु हुने कोपा अमेरिका प्रतियोगितामा साविक विजेता ब्राजिल समूह ‘बी’ मा रहेकाे छ । यो समूहमा ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन् ।

समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् । प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार मध्यराति २:४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच हुनेछ ।

यस्ताे छ ब्राजिलको टिम :

गोलकिपर : एलिसन, इडर्सन, वेभेर्टन

डिफेन्डर : थियागो सिल्भा, मार्क्युन्होस, डानिलो, एलेक्स सान्द्रो, इडर मिलिटाओ, रेनन्न लोडी, फिलिपे, इमर्सन

मिडफिल्डर : क्यासेमिरो, लुकास पाक्युटा, फाबिन्हो, फ्रेड, एभर्टन रिबेरियो, डोउग्लास लुइस

फरवार्ड : नेइमार, रोबर्टो फिर्मिनो, गाब्रियल जेसस, रिचार्लीसन, एभर्टन, गाब्रियल बार्बोसा, भिनिसियस जुनियर