Aafno Khabar

युराेकपमा बेल्जियमको विजयी सुरुवात

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३० गते ०७:५५ प्रकाशित

काठमाडाैं । युरोकप फुटबलमा बेल्जियमले रुसमाथि ३–० गोल अन्तरकाे जित निकालेकाे छ । शनिबार राति भएकाे समूह चरणकाे पहिलाे खेलमा बेल्जियमले जितकाे सुरुवात गरेकाे हाे । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्न सफल रह्याे ।

बेल्जियमका लागि रोमेलु लुकाकुले २ गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

खेलको १० औँ मिनेटमा लुकाकुले गोल गरी बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३४ औँ मिनेटमा मुनिएरकाे गाेलमार्फत अग्रता दोब्बर पार्न सफल भयाे । त्यसैगरी खेलको ८८ औँ मिनेटमा लुकाकुले फेरि गोल गरे ।

बेल्जियमले रुसकाे कमजाेर डिफेन्सकाे फाइदा उठाएकाे थियाे ।