Aafno Khabar
Feature News

काठमाडौं उपत्यकामा थपिए ५५९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपत्यकामा काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् ।

फेसबुकमा फोटो राखेको विषयमा झडप, दर्जन व्यक्ति घाइते

धनुषा । मोहर्रम पर्व मनाउन बनाइएको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद हुँदा धनुषामा दुई पक्षबीच झडप भएको छ । धनुषाको जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप रोक्न प्रहरीले ७...

विषाक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा

काठमाडौं। काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो...

प्रदेश ५ मा कृषि प्राविधिकका लागि जागिरकाे अवसर

काठमाडौं । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा...

शनिबार काठमाडाैं र ललितपुरका धेरैजसाे स्थानमा बिजुली नहुने

काठमाडाैं । शनिबार काठमाडाैं र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने...

भाैतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न विश्व हिन्दू महासंघकाे माग

काठमाडाैं । विश्व हिन्दू महासंघले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला...

बालिका बलात्कारकाे अभियाेगमा एक जना पक्राउ

धादिङ । १३ वर्षीया एक बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाल शुक्रबार पक्राउ...

कस्ताे रहला शनिबारकाे माैसम ?

काठमाडौं । शनिबार देशभर सामान्यतया बदली रहने र केही स्थानमा पानी पर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो...

तस्बिरमा क्यालिफाेर्नियाकाे डढेलाे

क्यालिफोर्नियामा केही दिनदेखि लागेको डढेलोले भयावह स्थिति निम्त्याएकाे छ । हजाराैँ घर जलेर नष्ट भएका छन् । समाचार संस्था एपीका अनुसार डढेलोका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ। इल डोरा क्षेत्रमा आयोजना भएको एक पार्टीबाट त्यहाँ आगलागी अनियन्त्रित भएको...

पाकिस्तानमा बच्चासहित सडकमा अलपत्र परेकी महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा आफ्नो बालबच्चासहित बाटोमा अलपत्र परेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । घटनामा संलग्न १२ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन...