Aafno Khabar

सिन्धुपाल्चोक पहिरो अपडेट : १० जनाको मृत्यु, २१ बेपत्ता,मृतक सबैको सनाखत

  • आफ्नो खबर
  • September 13, 2020 प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेमा ६३ वर्षिय भक्तिमाया श्रेष्ठ, ९८ वर्षकी ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु वि.क,२४ वर्षका सुकलाल बि.क., ८ वर्षका सन्देश वि.क ६० वर्षकी सर्किनी नेवार, ६५ वर्षका भनलाल नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, ६० वर्षकी हिरामाया नेवार र ५ वर्षका सरस्वती वि.क रहेका छन् ।

पहिरोमा पुरिएर २१ जना अझै बेपत्ता छन्। भिरखर्क पहिरोमा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ। पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति गएको पहिराले ११ घर क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको छ। बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन्।