काठमाडौं । जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ।
टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहा गर्न जसपाले पुनः सरकारको ध्यानाकर्षण गराएको हो।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ बाट भुमिगत अवस्थामै निर्वाचित भएका चौधरीलाई सांसदको शपथग्रह गराइए पनि अदालतको फैलाका कारण निलम्बित अवस्थामा छन्।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले तराई मधेसमा भइरहेको ज्यादतीको अन्त्य गर्दै चौधरीलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन्।
कैलाली जिल्ला अदालतले २०७२ भैदा ७ गते टिकापुरमा एसएसपीसहित आठ जना प्रहरी र एक नाबालकको हत्या दोषी ठहर गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।