Aafno Khabar

शान्ति मिसनमा जान लागेका सैनिकमा काेराेना, उडान स्थगित

  • आफ्नो खबर
  • September 14, 2020 प्रकाशित

काठमाडौं । शान्ति सेनामा जान लागेका नेपाली सेनाका केही जवानमा काेराेना संक्रमण पुष्टि भएपछि साेमबारका लागि तय भएकाे उडान स्थगित भएकाे छ ।

लिबियाका लागि तय गरिएको उडान स्थगित भएकाे हाे ।

काभ्रेपाल्चोकको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरेर क्वारेन्टीनमा रहेका केही जवानमा काेराेना पोजेटिभ देखिएको नेपाली सेनाले जानकारी दिएको छ।

उनीहरुमा काेराेना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको पनि परीक्षण गर्ने तयारी भइरहेको छ। सबैको परीक्षण पछिमात्र फ्लाइटको मिति तोकिने सेनाले जनाएकाे छ ।