Aafno Khabar
Creative Ideas

दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर भण्डारी खतरामुक्त

  • आफ्नो खबर
  • २०७७ भाद्र २९ गते प्रकाशित

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित घाइते भएका थिए ।

अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा ल्याइएको थियो । ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको हो । ‘छाती र टाउकोमा चोट लागेका ललित अहिले खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।