Aafno Khabar
राजनीति

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका महामहीम राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामो विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।...

भाेलि तीन बजेसम्म प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दाेलन हुन्छ : बार

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम...

सर्वाेच्चमा तमासा : गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो । कानुन...

शशांक कोइरालासँग रिसाए प्रकाशमान, के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरेका छन् । विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सम्भाव्ययताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको भन्दै असन्तुष्टि...

न्यायाधीशले घुस खाएको प्रमाण देखाउन केपी ओलीलाई शम्भु थापाको चुनौती

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले परमादेश दिने चार न्यायाधीशको राजीनामा माग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रतिपक्षी दलका नेता ओलीले राजीनामा दिनुपर्ने भए प्रधानन्यायाधीशमात्र होइन परमादेश दिने पाँचै न्यायाधीशले...

विवादपछि सच्चियो प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक बिदा

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा दिने निर्णय सच्याएको छ । प्रचण्ड आउन लागेकै कारण सार्वजनिक बिदा दिएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख अशोक कुमार...

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका...

नेकपा एमाले फटकशिलामा पुनः घोरासैनीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले आज देशव्यापी वडा अधिवेशन सम्पन्न गरेको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए । ६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद...

गजेन्द्र हमाल मन्त्री प्रकरण : अनावश्यक हल्ला गर्नुमा तुक छैन- प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए । प्रधानमन्त्री शेरबहादुर...

एमाले विधान महाधिवेशनप्रति भट्टराईकाे टिप्पणी : ओलीकाे कुम्भमेला, लूटकाे धन, फुपूकाे श्राद्ध

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओलीको कुम्भमेला’ भनेका छन् । उनले यसलाई निभ्ने बेलाको चमकका रुपमा चित्रितसमेत गरेका छन् । डा. भट्टराईले ट्वीटरमा गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले...