Aafno Khabar

सर्वाेच्चमा तमासा : गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी

  • आफ्नो खबर
  • २०७८ मंसिर २ गते १५:२८ प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो ।

कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर बिहीबार भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका हुन् ।

वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियाे ।

अदालतमा प्रदर्शनरत कानून व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा थुप्रै अधिवक्ताहरू घाइते भएका छन् । सर्वाेच्च अदालत परिसरमा आज प्रदर्शनका क्रममा कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्ज गरेकाे थियाे ।