Aafno Khabar

विवादपछि सच्चियो प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक बिदा

  • आफ्नो खबर
  • २०७८ मंसिर १ गते ११:५४ प्रकाशित

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा दिने निर्णय सच्याएको छ ।

प्रचण्ड आउन लागेकै कारण सार्वजनिक बिदा दिएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख अशोक कुमार मण्डलले सूचना सच्याएका हुन् । उनले कात्तिक ३० कै मिति उल्लेख गर्दै प्रकाशित सूचनामा भुलबस सार्वजनिक बिदा लेखिएकाे बताएका छन् ।

सार्वजनिक बिदा फिर्ता लिएर उनले सामा चकेवा पर्वको अवसरमा मंसिर १ र २ गते सबै शैक्षिक संस्था बन्द रहने बताएका छन् । यसअघि प्रकाशित सूचनामा नगर प्रमुख मण्डलले मंगलबार जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको जनाएका थिए ।