Aafno Khabar

अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा लड्न तयार केपी ओली

  • आफ्नो खबर
  • २०७८ मंसिर ७ गते २०:२५ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउने प्रयास नगर्ने प्रष्ट पार्नु भएको छ ।

काठमाडौंमा आज आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्र्तक्रिया उहाँले पदाधिकारीमा सहमति गर्नका लागि पनि आग्रह नगर्ने बताउनु भयो । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने अध्यक्ष ओलीले बताउनु भयो ।

उहाँले एमालेभित्र एउटै पक्ष भएकाले चुनाव लडेर भोट ल्याउनु पर्ने र त्यही नै पार्टीभित्रको व्यवस्थापन हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले महाधिवेशनमा आफुले उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको भन्दै भीम रावलको अध्यक्षमा दाबेवारीलाई आफुले चुनौतिको रुपमा नलिएको जिकिर गर्नु भयो । बाइट..
उहाँले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनमा पार्टीका रूपमा बोलाउन नसकिने बताउनु भयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोधप्रति लक्षित गर्दै उहाँले कुनै अमुक व्यक्तिले राजीनामा दिँदैमा न्यायालयको शुद्धीकरण नहुने जिकिर गर्नुभयो । सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनु पर्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।