Aafno Khabar
खबर

कति छन् नेपालमा अहिले सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप...

भित्रियाे मनसुन, यसरी आउँछ नेपालमा प्रत्येक वर्ष मनसुन

काठमाडाैं । यस वर्षकाे मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको हाे । महाशाखाका अनुसार पूर्वी नेपालबाट...

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी, किस्ट अस्पतालमा भर्ना

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनकाे ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनी अस्पताल भर्ना भएका थिए । उनको...

काठमाडाैं उपत्यकामा पुन: निषेधाज्ञा लम्बिने सम्भावना

काठमाडाैं । वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा पुन: थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको...

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडाैं । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । अब मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । गत...

२४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा कोरोना भाइरस संक्रमणका कारण ५९ जनाको ज्यान गएकाे छ भने...

मनाङे विपक्षी गठबन्धनमा ढल्किएपछि मुख्यमन्त्री गुरुङले विश्वासकाे मत नपाउने संकेत !

काठमाडाैं । स्वतन्त्र सांसद दीपक मनाङेले कित्ता परिवर्तनको संकेत देखाएपछि गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार संकटमा परेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत लिने तयारी गरिरहेका बेलामा मनाङे विपक्षी गठबन्धनतर्फ आकर्षित भएका छन् । गुरुङकै सरकारमा मन्त्री रहेका...

पछिल्लाे साता नेपालमा काेराेना संक्रमणदर भन्दा निकाे हुने बढी

काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो साता ४८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ३५ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ । ९० हजार ८२७ वटा नमुनाको पीसीआर तथा...

थप ४३४४ जनामा कोरोना, ८१ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण...

स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी (सूचनासहित)

काठमाडौं । त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको भएकाले जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना...