Aafno Khabar

काठमाडाैं उपत्यकामा पुन: निषेधाज्ञा लम्बिने सम्भावना

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २८ गते १२:४१ प्रकाशित

काठमाडाैं । वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा पुन: थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ । बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा गएकाे वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिनेछ । निषेधाज्ञाकाे अवधि सकिन लागेकाे बेलामा उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु अबका दिनका निषेधाज्ञाका बारे छलफलकाे तयारी गरिरहेका छन् ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा काेराेना संक्रमणबाट मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएकोले यही कुरा मध्यनजर गरी निषेधाज्ञा लम्बिनसक्ने बताउँछन् ।

यसअघि जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा पनि जोरबिजोर लगाउन सकिने बताइएको थियो । तर अहिले नै यही हुन्छ भन्न सकिने अवस्था भने छैन ।

यतिबेला विभिन्न क्षेत्रका व्यवसायीहरु पनि निषेधाज्ञा विस्तार खाेल्न माग गरिरहेका छन् । यसअघि अबकाे लकडाउन जुलडाउनमा परिवर्तन गरिने पनि बताइएकाे थियाे ।