Aafno Khabar

विवादास्पद अभिव्यक्तिमा सांसद वैद्यद्वारा आत्मालोचना

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २९ गते १४:२४ प्रकाशित

काठमाडाैं । विवादास्पद अभिव्यक्ति दिएका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभा बैठकमा आत्मालोचना गरेका छन् ।

आइतबार बागमती प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् । उनले आवेशमा आएर बोलेको जनाएका छन् ।

शुक्रबारको प्रदेश सभा बैठकमा सांसद वैद्यले ‘गोड्से’ बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए ।

त्यसको सबै राजनीतिक दलले विरोध गरेका छन् । कांग्रेसले पनि शनिबार बिहान विज्ञप्ति जारी गरी उनलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको थियो ।