Aafno Khabar
Feature News

गुण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं । जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा...

विश्वमा ३ करोड ६७ लाख बढी कोरोना संक्रमित

काठमाडाैं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जना...

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।...

मौसममा आंशिक बदली रहने

काठमाडौं । देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । बंगालको खाडीको...

पन्जाबमाथि हैदराबादको शानदार जित

आइपिएलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि शानदार जित हात पारेको छ । हैदराबादले बिहिबार राति पन्जाबलाई ६९ रनले पराजित गर्दै तेस्रो जित निकाल्दै अंक तालिका तेस्रो स्थानमा उक्लिएको हाे । जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको...

महिलाले किन श्रीमान्‌को थर प्रयोग गर्छन् ?

एजेन्सी । अमेरिकामा विवाहपछि (करिब ७० प्रतिशत) महिलाले आफ्ना श्रीमान्‌को थर अपनाउने गरेको एक अध्ययनले देखाएको छ । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार ब्रिटेनमा त्यसो गर्ने महिलाहरूको सङ्ख्या करिब ९० प्रतिशत छ। ती मध्ये करिब ८५ प्रतिशत चाहिँ १८...

यो वर्षको दशैंमा कुन देशमा बस्ने नेपालीले कति बेला टिका लगाउने ?

काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान...

बलात्कारको अभियोगमा विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरी बलात्कार अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डे बुधबार साँझ पक्राउ परेका छन् । सोही महानगरपालिका-२६ गोंगबुस्थित गेष्ट हाउसमा किशोरी बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट...

दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्न सरकारकाे आग्रह

काठमाडौं । सरकारले दशैंमा मन्दिरमा भिडभाड कम गर्न पुजारीहरुमात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन यस्ताे आग्रह गर्नुभएकाे हाे ।...

धुर्मुस सुन्तली फाउण्डेसनलाई वाग्मती प्रदेश सरकारको तीन करोड हस्तान्तरण

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई...