Aafno Khabar

गुण्डा नाइके राधे भण्डारी पक्राउ

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएका हुन । त्यसपछि जनप्रतिनिधिले प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।