काठमाडौं । देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकोले सामान्यतया माैसम बदली भइरहेकाे महाशाखाले जनाएकाे छ ।