काठमाडौँ । शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
बिहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर तोलाको ११ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।