Aafno Khabar
Feature News

राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम बन्द हुने !

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको सदनमा सो विधेयक...

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने

काठमाडाैं । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको...

…जब मैदानमा ढले एरिक्सन

काठमाडाैं । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएसनले जनाएको छ । क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको राेकिएकाे थियाे...

बराबरीमा राेकिए वेल्स र स्विजरल्याण्ड

काठमाडाैं । युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक र वेल्सका किफेर मोरेले एक...

साइप्रसमा पहिलाेपटक महिला सदस्य सभामुख

काठमाडाैं । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी हुन् । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन्...

सुर्खेतमा मध्यराति ज्ञानेन्द्र शाहीकाे समूहमाथि आक्रमण

काठमाडौं । ज्ञानेन्द्र शाहीको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । शाहीको समूहमाथि सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको हो । उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइतेहरुको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा...

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी, किस्ट अस्पतालमा भर्ना

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनकाे ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनी अस्पताल भर्ना भएका थिए । उनको...

यस्ताे छ काेपा अमेरिका खेल्ने ब्राजिलकाे फुटबल टिम

काठमाडाैं । कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलकाे राष्ट्रिय टिम घोषणा भएकाे छ । ब्राजिलले बिहीबार बिहान २४ सदस्यीय टिम घोषणा गरेको हो । आगामाी शनिबारदेखि सुरु हुने कोपा अमेरिका प्रतियोगितामा साविक विजेता ब्राजिल समूह 'बी' मा रहेकाे छ ।...

स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति : कानुनमन्त्री हुँदा ३० ताेला सुन अहिले २२ ताेला मात्र !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक विवरणानुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा अढाईतले एउटा घर छ ।...

स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी (सूचनासहित)

काठमाडौं । त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको भएकाले जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना...