Aafno Khabar

नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३१ गते १९:४७ प्रकाशित

काठमाडाैं । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गरी नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरीमा भर्ना हुन पाउने जानकारी दिएको हो ।

१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ । महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ ।

आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ । आवेदनको लागि http:/joinindianarmy.nic.in मा गएर भर्न सकिन्छ ।