काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्जमा मिर्गौलाको प्रत्यारोपण हुने भएको छ ।१२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो प्रत्यारोपण स्वदेशमै गराउने निर्णय गर्नुभएको...