Aafno Khabar

अर्थमन्त्री खतिवडाको राजिनामा तर उनी पुनः यसरी बन्दैछन मन्त्री !

  • २०७६ फाल्गुन २० गते ११:०६ प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ।

उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएकाे हाे ।

तर उहाँको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ननुहुनेछ ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उहाँको पुन: नियुक्ति र शपथ भोलिमात्र हुनेछ ।