Aafno Khabar
Feature News

अपरान्हपछि पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डाै – बुधबार देशका पहाडी भू–भागका केही भूभागमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी...

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले थाइल्याण्डविरूद्ध उत्कृष्ट जित हात पारेको छ । थाइल्याण्डविरूद्ध नेपालले ९ विकेटकाे जित हात पारेकाे हाे । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गरेकाे हाे । पारस...

प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण आज, प्रत्यारोपणका लागि भारतीय डा. पनि नेपालमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उहाँको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण...

महामूर्ख सम्मेलनको तयारी तीव्र, को-को सहभागि हुँदैछन् यो वर्षको महामुर्ख सम्मेलनमा ?

धनुषा । हरेक वर्ष जनकपुरधाममा आयोजना हुने महामूर्ख सम्मेलनको तयारी शुरु भएको छ । जनकपुरधाम मिथिला नाट्य कला परिषद् जनकपुरद्वारा हरेक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना गर्ने महामूर्ख सम्मेलनको तयारी शुरु भएको परिषदले जनाएको छ । महामूर्ख सम्मेलन एउटा यस्तो...

अर्थमन्त्री खतिवडाको राजिनामा तर उनी पुनः यसरी बन्दैछन मन्त्री !

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएकाे हाे । तर उहाँको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई...

हिमालयले भित्र्यायो नयाँ जहाज

काठमाण्डाै – नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने याे जहाजको क्षमता रहेको जनाइएको छ । याे एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप...

यो वर्ष प्रिमनसुनी अवधिमा सरदरभन्दा बढी वर्षा हुने अनुमान

काठमाण्डौ – यो वर्षको प्रिमनसुनी समयमा नेपालको कर्णाली प्रदेश र गण्डकी प्रदेशको उत्तरी भू–भागबाहेक अन्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको जल तथा माैसम विज्ञान विभागकाे जलवायु महाशाखाले जनाएको छ । विभिन्न ‘ग्लोबल क्लाइमेट मोडल’हरुले देखाएको संकेत विश्लेषण गरी...

कोरोनाको आशंकामा टेकु अस्पतालमा रहेका चारै जनाको रिपाेर्ट नेगेटिभ

काठमाडौं ।  कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चारैजनामा कोरोनाको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । चीन र कोरियाबाट फर्केर आएका नेपालीलाई निरन्तर उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर जाँच गरिएको थियो । जाँचको क्रममा...

भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जाल नचलाउने सोचमा

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने विचार व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने नचलाउने विचार गरेकाे जानकारी दिएका छन् । उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम नचलाउने साेच बनाएकाे ट्वीटरमार्फत जानकारी...

अमेरिकामा काेराेना संक्रमणबाट थप चार जनाकाे मृत्यु

एजेन्सी – संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ६ जना पुगेको छ । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । मृत्यु हुने...