काठमाण्डाै । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ जना पुगेको छ । संक्रमित २८ जनामध्ये १२ जना भारतीय र १६ जना विदेशी नागरिक रहेका छन् । १२ जना भारतीयमध्ये केरलामा ३ जना स्वस्थ भइसकेको जनाइएकाे छ । यसबाहेक बाँकी ९ जना भारतीय र अन्य विदेशी नागरिककाे दिल्लीमा उपचार भइरहेकाे छ ।
काेराेना भाइरसकाे संक्रमण देखिएकामध्ये ६ जना एकै परिवारका सदस्य रहेकाे पनि बताइएकाे छ ।
कोरोना भाइरसको संक्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापान जानका लागि भिसा दिन बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताइसकेका छन् ।