Aafno Khabar

नेप्सेमा ६९.८० अंकको बृद्धि, ७ कम्पनीको शेयरमा सर्किट

  • आफ्नो खबर
  • February 2, 2025 प्रकाशित

काठमाडौं – साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेको छ । यस वृद्धिसँगै आइतबारको कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार पुगेको छ ।

आइतबारको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

नेप्सेमा उछाल आउँदा सबै समूहका सूचक हरिया भएका छन् । साथै, आजको कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्यमा १० अंकको सकारात्मक सर्किट लागेको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाए भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।