नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई फाइदा नहुने कार्यक्रममा सहयोग रोक्ने कार्यकारी आदेश जारी गरेपछि नेपालमा पनि यसको सीधा असर देखिन थालेको छ। अर्थमन्त्रालयका स्रोतका अनुसार, २ खर्ब ६६ अर्ब रुपैयाँ लागतमा अमेरिकी सहयोगमा सञ्चालित ६७ वटा परियोजनाहरूको काम रोकिने अवस्था आएको छ।
स्वास्थ्य, कृषि, वन, परिवार तथा शिशु कल्याण, शिक्षा र आर्थिक मामिला जस्ता क्षेत्रमा चलिरहेका यी परियोजनाहरू अफ-बजेट प्रणालीमा सञ्चालित छन्। यसका लागि एनजिओ, आइएनजिओ र केही सरकारी एजेन्सीहरू जिम्मेवार छन्।
प्रमुख प्रभावित परियोजनाहरू:
अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले आफ्नो अन्तर्गत सञ्चालित १७ करोड ८१ लाख ४० हजार अमेरिकी डलर (२४ अर्ब ४ करोड ८९ लाख रुपैयाँ) बराबरका २० वटा कार्यक्रमहरू रोक्ने जानकारी दिएको छ। यी कार्यक्रमहरूमा निम्नलिखित समावेश छन्:
१. फिड द फ्युचर नेपाल युएसएआइडी पोल्ट्री साझेदारी
२. फिड द फ्युचर युएसएआइडी नेपाली चिया साझेदारी
३. सरकारदेखि सरकार सार्वजनिक वित्तीय व्यवस्थापन
४. युएसएआइडी कृषि इनपुटहरू
५. युएसएआइडी कृषि उच्च शिक्षा
६. युएसएआइडी जैविक विविधता
७. युएसएआइडी नागरिक समाज र मिडिया
८. युएसएआइडी स्वच्छ हावा कार्यक्रम
९. युएसएआइडी प्रारम्भिक कक्षामा सिकाइ
१०. युएसएआइडी शिक्षाः समानता र समावेशीकरण
११. युएसएआइडी खाद्य सुरक्षा अनुगमन
१२. युएसएआइडी विश्वव्यापी स्वास्थ्य सुरक्षा गतिविधि
१३. युएसएआइडी हाम्रो सम्मान
१४. युएसएआइडी एकीकृत पोषण
१५. युएसएआइडी विकासको लागि सिकाइ
१६. युएसएआइडी दाल सवलीकरण
१७. युएसएआइडी स्थानीय कार्य सहयोग
१८. युएसएआइडी स्थानीयकरण सहयोग
१९. युएसएआइडी सार्वजनिक वित्तीय व्यवस्थापन (दिगो वित्त)
२०. युएसएआइडी व्यापार र प्रतिस्पर्धा (उद्यम नेपाल)