Aafno Khabar

ट्रम्पको आदेशपछि अमेरिकाले वैदेशिक सहायता रोक्यो

  • आफ्नो खबर
  • January 26, 2025 प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक सहायता स्थगन गर्ने आदेश जारी गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले नयाँ सहायता र हाल कायम रहेको अनुदान ९० दिनसम्म समीक्षा गरी निर्णय गरिने जनाएको छ। सन् २०२३ मा अमेरिकाले ६८ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो। युक्रेन, इजरायल र जोर्डन जस्ता मुलुकले ठूलो रकम सहायता पाएका थिए।

नेपाल १६ औं स्थानमा रहेको अमेरिकी सहायता पाउने मुलुक हो। यूएसएआईडी र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत नेपालले पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा अनुदान प्राप्त गरिरहेको छ। अर्थ मन्त्रालयले अमेरिकी सहयोगको भविष्यबारे थप जानकारीपछि मात्र प्रभाव मूल्यांकन गर्न सकिने बताएको छ।

यस निर्णयले युक्रेन जस्ता युद्धग्रस्त मुलुकदेखि गाजापट्टीमा मानवीय संकट झेलिरहेका क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। ट्रम्प प्रशासनले सहायता कार्यक्रमलाई अमेरिकी विदेश नीतिसँग अनुकूल बनाउने उद्देश्य राखेको छ।