Aafno Khabar

हमासद्वारा चार इजरायली महिला बन्धकको रिहाइ, कैदी आदानप्रदानमा २०० प्यालेस्टिनी मुक्त

  • आफ्नो खबर
  • January 25, 2025 प्रकाशित

Hamas fighters escort four Israeli hostages on a stage before handing them over to a team from the Red Cross in Gaza City on January 25, 2025. Hamas militants handed over four Israeli women hostages to the Red Cross in a January 25 swap after parading them on a stage at a square in Gaza, an AFP journalist reported. (Photo by Omar AL-QATTAA / AFP)

काठमाडौँ — प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ। गाजाको एक चोकमा रेडक्रसका चार गाडीमार्फत बन्धकहरूलाई सुपुर्दगी गरिएको थियो। सोही स्थानमा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई ल्याई हमाससँग आदानप्रदान गरेको एएफपीले जनाएको छ।

रिहा गरिएका इजरायली महिलाहरूमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी, र लिरी अल्बाग रहेका छन्। अल्बाग १९ वर्षकी हुँदा अन्य तीन जना २० वर्षभन्दा माथिका रहेको इजरायली बन्धक र बेपत्ता परिवार फोरमले जानकारी दिएको छ।

यो आदानप्रदान गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत भएको हो। इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० जना सहित २०० प्यालेस्टिनी कैदीहरूलाई चार जना इजरायली बन्धकको बदलामा रिहा गरिएको बताइएको छ।

प्यालेस्टिनी स्रोतका अनुसार, यी रिहा गरिएका कैदीहरूमा धेरैजसो गम्भीर अपराधका अभियुक्त छन्। नाम नबताउने शर्तमा स्रोतले भने, “रिहा गरिएका १२० कैदीले आजीवन कारावासको सजाय भोगिरहेका थिए।”

यो आदानप्रदानले गाजामा शान्ति स्थापनाका लागि थप कूटनीतिक प्रयासको संकेत गरेको बताइएको छ।