Aafno Khabar

कुम्भ मेलामा भागदौड मच्चिँदा ठूलो क्षतिको आशंका

  • आफ्नो खबर
  • January 29, 2025 प्रकाशित

प्रयागराज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको क्रममा बुधबार राति करिब १:३० बजे एक घाटमा भगदड़ मच्चिएको छ, जसमा कयौं मानिस हताहत हुनसक्ने आशंका गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार, प्रयागराज सिटीका एक चिकित्सकले नाम नखुलाउने शर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको जानकारी दिएका छन्। यद्यपि, प्रशासनले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन।

यसैबीच, समाचार एजेन्सी पीटीआईका अनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमार्फत घटनाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनापछि सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा एक पोस्ट गर्दै श्रद्धालुहरूलाई सुरक्षित रहन अनुरोध गरेका छन्। उनले भनेका छन्, “महाकुम्भमा आएका श्रद्धालुहरू, तपाईंहरू आफू रहेको घाटमा नै स्नान गर्नुहोस्, संगम नोजतर्फ जाने प्रयास नगर्नुहोस्। प्रशासनका निर्देशनहरूको पालना गर्नुहोस् र अफवाहहरूमा ध्यान नदिनुहोस्।”

मुख्यमन्त्रीले घटनाका हताहतबारे कुनै जानकारी दिएका छैनन्। प्रशासनका अनुसार, संगमका सबै घाटहरूमा स्नान शान्तिपूर्वक जारी रहेको छ। bbc hindi