Aafno Khabar
खबर

भारतमा भयावह बन्दै कोरोना, एकै दिन ५८ हजार संक्रमित, ५३४ जनाको ज्यान गयो

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...

हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर

ताप्लेजुङ । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ...

एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाण

धनुषा । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना एमसिसी प्रक्रिया अगाडि बढ्ने बताएका छन्। उनले यो सरकारको दायित्व रहेको पनि बताए। जनकपुरधाममा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले संसदबाट एमसिसी पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको भन्दै छलफलको निष्कर्षपछि परियोजना...

विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धन पाएका शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् । मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकबाट अनुगमनका लागि ५...

कोरोनाको नयाँ भेरियन्टले युरोपको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन...

जसरी पनि एमसीसी अनुमोदान गराउने देउवाको तयारी, गठबन्धन तोडिने संकेत

काठमाडौं । दोस्रो पटक कांग्रेस सभापतिमा चुनिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन सक्रिय देखिएका छन् । चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न देउवाको सक्रियताले गठबन्धन सरकारमा तरंग पैदा गरेको बताइएको छ । प्रधानमन्त्री...

सरकार जोगाउन थपिएका मन्त्रालयको न काम न बस्ने ठाम

मकवानपुर । सरकार जोगाउनका लागि बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय थपेसँगै मन्त्रालयको सेवा सुविधाबाहेक प्रत्यक्ष रूपमा वार्षिक करिब डेढ करोड रुपैयाँ अनावश्यक खर्च बढ्ने भएको छ । नयाँ सरकार गठनसँगै थपिएका मन्त्रालयका लागि तत्काल ३० वटा सवारी खरिद गर्ने...

बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिमा देउवाको उम्मेदवार !

१४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिका लागि उम्मेदवारी दिने तयारीमा छन् । २०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेका यादव नेपाली...

टेकोले अड्याएको पुल भाँच्चिदा एक जनाको ज्यान गयो

काठमाडौं । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको ज्यान गएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा टिपर चालकको ज्यान गएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको...

ओमिक्रोनले जटिलता निम्त्याउने भन्दै डब्लूएचओले भन्यो- बिदाका योजना रद्द गर्नुस

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ । ‘जीवन नै रद्द गर्नभन्दा...