Aafno Khabar

पर्यटन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटना

  • आफ्नो खबर
  • २०७८ पुष २७ गते २२:०१ प्रकाशित

कैलाली। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ । मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा पयृटन मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो ।

सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ नम्बरको गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।