Aafno Khabar
स्थानीय

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीनजनाको मृत्यु, १४ घाइते

ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज बिहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित...

नेकपा एमाले फटकशिलामा पुनः घोरासैनीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले आज देशव्यापी वडा अधिवेशन सम्पन्न गरेको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए । ६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद...

अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई काठमाडौं महानगरको १५ लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले...

ढोरपाटन शिकार आरक्ष सिकारका लागि खुल्दै

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि पाँचवटा कम्पनीले दरभाउपत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ ।...

रुखमै डेरा बनाएर अनलाइन कक्षा !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन्...

पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले...

आइतबारअघि वर्षा रोकिने सम्भावना कम छ : माैसमविद्

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । देशभर ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी,...

काठमाडाैंमा याे वर्षकै ठूलाे वर्षा, तीन घण्टामा १०५ मिलिमिटर पानी

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत भन्दा तल रहे पनि पश्चिम बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा भारी वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । आइतबार राति देखि काठमाडौं लगायत...

‘लाइसेन्स’ परीक्षा पुन : सञ्चालन, रि-ट्रायल भदौ २७ देखि

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आयतबारदेखि पुन : सञ्चालन गरेकाे छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...

काठमाडाैंमा थपियाे निषेधाज्ञा, भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने (आदेशसहित)

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थपिएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख गरिएकाे छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय...