Aafno Khabar
Feature News

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६...

एक पूर्व मोडलले लगाइन् ट्रम्पमाथि यौन शोषण गरेको आरोप

एक पूर्व मोडलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । मोडल एमी डोरिसले २३ वर्षअघि ओपन टेनिस च्याम्पियनसिपका क्रममा ट्रम्पले आफूमाथि जबरजस्ती गरेको आरोप लगाएकी हुन् । ट्रम्पले भने यस्ता आरोपको खण्डन गरेका छन् । उनका...

विश्वभर कोरोना संक्रमित हुनेको संख्या तीन करोड नाघ्यो

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार...

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको यस्तो अफर

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको...

शुक्रबार देशभर मौसम सामान्यतया बदली रहने

काठमाडाैं । शुक्रबार मौसममा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५...

कक्षा १२ काे परीक्षाबारे भ्रामक समाचार नपत्याउन परीक्षा बाेर्डकाे आग्रह

काठमाडौं । कक्षा १२ को परीक्षाका सम्बन्धमा सार्वजनिक भएका समाचारहरु गलत भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १२ कक्षाको परीक्षाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत भएकाले त्यस्ता समाचार तथा टिप्पणीमा विश्वास नगर्न बोर्डले आग्रह गरेको हो । बिहीबार...

राष्ट्रियसभा सदस्य बामदेव गौतमद्वारा शपथ ग्रहण

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । बिहीबार सि‌ंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराउनुभएकाे हो । गत सोमबार बसेको मन्त्रिपरिषद्...

सुनचाँदीकाे मूल्य घट्यो

काठमाडाैं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार ९७ हजारमा कारोबार भएको तेजावी...

ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको शुभकामना दिनुभएको छ । ट्विटमा ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गरी जन्मदिनको शुभकामना दिनुभएको हो । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो ।...

इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाको पोल्टामा

काठमाडौं । इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । गएराति भएको अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा...