Aafno Khabar
suvakamana add

शेरधन राईलाई यौन दुर्व्यवहारको आरोप लगाएकी बालिका प्रहरी नियन्त्रणमा

  • आफ्नो खबर
  • २०७७ आश्विन ४ गते प्रकाशित

काठमाडौं । पेरिसडाँडाबाट प्रहरीले बालिका खड्कालाई नियन्त्रणमा लिएको छ । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका समयमा कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।